Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या

बाग्लुङ। बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।

जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहि चैत १ गते राति घरमा विवाद हुँदा आमा-छोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।

कुटपीटबाटै सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गरेको थियो।

घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले अनुसन्धानका लागि आमाछोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077