Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चैत १० गतेसम्म संसद स्थगित, यी हुन् अहिलेसम्म धेरैपटक अनुपस्थित हुने सांसदहरु (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको चौंथो बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए ।

बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरे ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए ।

अनुपस्थित हुनेहरुमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव अहिलेसम्म २५ पटक बैठकमा उपस्थिति भएका छैनन्, एमाले सांसद नविना लामा १९ वटा, कांग्रेसकी महेन्द्र लिम्बु १५ पटक, माओवादी सांसद यशोदा सुवेदी १४ वटा त्यस्तै, सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना ११ वटा बैठकमा अनुपस्थित भएका छन् भने माओवादीका सुरेशचन्द्र दास १३ वटा वैठक र जसपाकी निर्जला राउत १४ वटा र रुही नाज ११ बैठकमा अनुपस्थित देखिएका छन् ।

एमालेकै सांसद केदार सिग्देल पनि ११ बैठकमा अनुपस्थित देखिएका छन् ।

यस्तै, प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077