Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

होली सुरु भयो

काठमाडौँ । काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा आज बिहान चिर ठड्याएसँगै फागु पर्व अर्थात् होली सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीको दिन आज बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे ।

यही फागुन १५ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात १६ गते फागु पर्व मनाइने छ ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077