Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - होशियार ! हिटलर ओलीले सबैमाथि खड्ग चलाउँदैछन्

काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गर्दै उनले खड्क चलाउन सक्ने बताएका छन् ।

आइतवार बिहान सामाजिक सञ्जालमार्फत्  डा भट्टराईले नेपालमा पनि हिटलरको उदय भइरहेको भन्दै हिटलरबाट बच्न सबैलाई होसियार भनेका हुन् ।

उनले प्रधानमन्त्री ओलीतिर इंगित गर्दै पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्का चलाउन थालेको आरोप लगाएका छन् । भट्टराईले यस्तो अवस्थामा सबै सजग हुनुपर्ने सुझावसमेत दिएका छन्।

उनले लेखेका छन्, 'हिट्लरबारे चर्चित भनाइ छ -पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ किनकि म यहुदी थिइन‘ अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन! नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार !'

https://twitter.com/brb1954/status/1373447606601326593

पछिल्लो समय प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै आइरहेका बेला डा भट्टराईले यस्तो भनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077