Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्र ओली हुन् : प्रचण्ड

काठमाडौं । केही दिनअघि 'रिफ्रेस'का लागि सिन्धुली पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुन: राजधानी फर्किसकेका छन् ।

राजधानी फर्किएसँगै प्रचण्डले आफु र प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई तुलना गर्दै अभियक्ति दिएका छन् ।

आइतबर छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओलीलाई लिँदै भने - 'विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्छन् ओली।'

प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने पात्रको रुपमा केपी ओलीलाई अगाडि सारेको बताएका हुन् ।

‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान नाश पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने,उच्च जातीय अहंकारवादी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।’

प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गर्दै  गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077