Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'ओलीलाई एजेन्टको आरोप लगाउने प्रचण्डको लाजमर्दो राजनीति'

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाएको आरोपले आश्चर्य लागेको बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रचण्डको राजनीति लाजमर्दो रहेको बताएका हुन् ।

'दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ' भन्दै अध्यक्ष थापाले ट्वीट गरेका छन् ।

प्रधानमन्त्री ओलीमाथि यस्तो गंभीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने थापाले आस्चर्य भन्दै प्रचण्डको राजनीतिलाई लाजमर्दो राजनीतिको संज्ञा दिएका छन्।

उनले लेखेका छन् '२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई 'बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट' भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ। यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति।'

https://twitter.com/KTnepal/status/1373885945410318337

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077