Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ् कसूर मुद्धामा फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैकिङ्ग कसूर मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

सिआईबीको टोलीले काठमाडौं जिल्ला घर भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका नखिपोट बस्ने पूर्ण लामालाई जावलाखेलबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।

लामालाई गत मङ्सिर ७ गते उच्च अदालत पाटनले पन्ध्र दिन कैद र बिस लाख धरौटी बराबरको जरिवाना हुने फैसला सुनाएको थियो ।

डिआइजी थापाका अनुसार पक्राउ परेका लामाले दुर्गामान मोक्तानको नामद्वारा संचालन गरेको लेजर इन्फोटेक नेपाल प्रालि नामक कम्पनिलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको उनको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकम बराबरको चेक काटी पीडित जाहेरवाला मोक्तानलाई दिएको थिए ।

पक्राउ परेका लामालाई यसअघि नै बैंकिङ् कसूर तथा सजाय ऐन बमोजिम सजाय हुने फैसला भएको सिआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077