Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य रेग्मी पनि कारवाहीमा





काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले र माओवादीका नेताहरु तिरवितर भएका छन् ।


अहिलेसम्म एमालेका नेताहरुमा माओवादी केन्द्रमा प्रवेश गरेको समाचार नआएपनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नेहरुको सूची भने लामै छ ।


गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ सहित २२ जना यस अघि नै एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ ।


अहिले फेरि माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पनि कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।


दैलेख निर्वाचन क्षेत्र नम्बर-१ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।


दलको बैठकमा पनि नआएको र पार्टीले सोधेको स्पष्टीकरणमा पनि नदिएको भन्दै रेग्मिमाथि कारबाही गर्न केन्द्रलाई सिफारिस गरिएको कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077