Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जवरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले जवरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

सिआईबीको टोलीले हुम्ला सर्केगाढ- ६ घर भएका २६ बर्षीय मिम बहादुर बुढालाई काठमाडौंको हाँडीगाँउबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।

डिआइजी थापाका अनुसार पक्राउ परेका बुढाले गत मङ्सिर २१ गते दिउँसो बाँके जिल्लाको वैध्यनाथ-१ गाँवरस्थित कर्णराज रोकायले संचालन गरेको कोठामा स्थानिय शैक्षिक संस्थाको कक्षा ११ मा पढ्ने छात्रालाई झुक्याई नसालु पदार्थ सेवन गराएर बेहोश बनाई जवरजस्ती करणी गरेका थिए ।

उक्त घटनापछि फरार रहेका बुढालाई आइतबार सिआईबीले पक्राउ गरेसँगै थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077