Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घुस लिएको बयान फेरेपछि थामी र तामाङबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङलाई ४ लाख रुपैयाँ घुस लिएर अदालतमा बयान फेरेपछि आज (सोमबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसमेत भएको सिरम्फु सिंचाई योजना जल उपभोक्ता समिति लगायत बिभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरुबाट घुस लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गरिएका सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुनेगरी प्रतिकूल वकपत्र गरेका थिए ।

अख्तियारका अनुसार भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदाका आरोपितहरु थामी र तामाङले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इन्जिनियर प्रकाश अधिकारी र सवइन्जिनियर सुधिरकुमार साहलाई ४ लाख रुपैयाँ घुस दिएको पुष्टि हुन आएको हो।

उनीहरुको उक्त कार्य भ्रष्टाचार बमोजिमको कसुर भएकाले उनीहरुबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता नारायण रिसालका अनुसार आयोगले थामी र तामाङ दुवैलाई ४ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार अनुसार सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077