Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • दाङमा स्कुल बस पल्टिँदा एकको मृत्यु, ३० जना घाइते

    दाङमा स्कुल बस पल्टिँदा एकको मृत्यु, ३० जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    दाङ । दाङमा आज बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० घाइते भएका छन् ।

    दाङको कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।



    दुर्घटनामा परी घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १५ की १८ वर्षिया सम्झना केसीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

    घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस नम्बर खुलेको छैन। चालक फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार