Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अस्ट्रेलियाको सिड्नीमा सयौँ घर डुबानमा, अझ वर्षा हुन सक्ने चेतावनी

एजेन्सी। धेरै दशकपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीबारे ठूलो चिन्ता भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

न्यू साउथ वेल्सका केही स्थानमा एक मिटरसम्म वर्षा भएको र त्यसले गर्दा आएको बाढीले सयौँ घर बगाएको छ। सडकहरू पनि अवरुद्ध भएका छन्।

मोरिसनले अझ धेरै वर्षा हुन सक्ने र जोखिमका दिन आउन सक्ने बताउँदै सङ्कटकाल केवल समुद्र किनारको घटना नभएको बताएका छन्।

उनले सिड्नीको सबैभन्दा ठूलो बाँधबाट अर्को सातासम्म पनि पानी बहने र त्यसले उच्च जनसङ्ख्या भएको क्षेत्रलाई खतरामा राख्ने बताएका छन्।

त्यहाँ अहिलेसम्म वर्षा र बाढीका कारण कसैको मृत्यु भएको छैन, तर हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उद्धारका लागि सेना परिचालन गरिएको छ।

गत सातादेखि भइरहेको ठूलो वर्षा बुधवारदेखि कम हुने बताइएको छ। तर बाढीको जोखिम कायम रहनेछ। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077