Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बालुवाटारमा भौतारिँदै जसपाका शीर्ष नेताहरु

काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल र नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा)ले ठोस निर्णय लिन नसक्दा भौतारिँदै हिड्नु परेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनका लागि आफुहरु निर्णायक रहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरुसँग दैनिक वार्ता गरिरहेको जसपा आज पुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ।

आज अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छलफलका लागि बालुवाटार पुगेको जसपा नेता केशव झाले जानकारी दिए।

‘चार नेताहरू छलफलका लागि जानुभएको,’ झाले भने, ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी हुनेछ।’

आफूहरुले अघि सारेका मागहरू पूरा नभएसम्म सरकारमा नजाने अडानमा रहेको जसपाले संविधान संशोधन, मधेशी आन्दोलन र रेशम चौधरीलगायतका नेताहरूको रिहाइलाई प्रमुख एजेण्डा बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077