Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठको पुल बनाउने क्रममा खसेर एक जनाको मृत्यु  

मुगु। काठको पुल बनाउने क्रममा खोलामा खसेर एक जनाको मृत्यु  भएको छ । 

मृत्यु हुनेमा मुगम कमारोङ गाउँपालिका-५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामा रहेका छन्। 

उनको सोमबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा उनको शव फेला पारेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077