Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री पद जोगाउन जसपासँग साथ मागे ओलीले

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग साथ मागेका छन्।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका मागप्रति आफू सकारात्मक भएको बताउदै सरकार समर्थनको साथ मागेका हुन्।

भेटवार्तामा ओलीले संसद्‍मा आफूलाई समर्थन गर्न अनुरोध गरेको नेता लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘आज प्रधानमन्त्रीले संसद्मा मलाई समर्थन गरिदिनुस् । तपाईंहरुका मागप्रति म सकारात्मक छु भन्नुभयो ।’

नेता कर्णले भने, ‘हामीले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए प्रक्रिया अगाडि बढाउनुहोस् भन्यौँ ।'

भेटमा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित रहेका थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077