Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बा भन्न रुचाउने ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा मात्र हो : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा मात्र रहेको बताएका छन्।

मंगलबार आफ्नो पक्षका विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ ओलीको त विमाले, सिमाले हो।' मुख्य एमाले आफूहरु भएको बताउदै नेता नेपालले अध्यक्ष ओलीले पार्टी छाडेर गए हुने बताए।

उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको भन्दै ओलीमा कम्युनिष्ट संस्कार नै नभएको आरोप लगाए।

'ओली आफूलाई बा भन्न रुचाउछन्, कमरेड भन्दैनन्, उनमा कम्युनिष्ट संस्कार नै छैन,' नेपालले भने, 'केपी ओलीका चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेल मात्र हो। नभए सडकमा आउँदा ओली हावा फुस्किने छ।'

नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिँदै भने, 'ओली प्रवृत्तिविरुद्ध लड्न आफूले ७७ जिल्लामै पुग्ने संकल्प गरेको छु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077