Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

७० करोड घुस काण्डमा मुछिएका पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएर मन्त्री पदबाटै राजिनामा दिनु परेका पूर्व सञ्चारमन्त्री मन्त्री गोकुल बाँस्कोटा पत्रकार महासंघको अझै सदस्य कायम रहेको खुलेको छ ।

नजिकिंदै गरेको निर्वाचनलाई लक्षित गरि पत्रकार महासंघले निकालेको मदतादा सूचीमा बाँस्कोटाको नाम छ ।

मदतादा सूचीको २ नम्बरमा नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री बाँस्कोटाको कसरी आयो भन्नेमा पत्रकारहरु नै आश्चर्यचकित छन् ।

कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

त्यसमाथि पनि सूचना तथा सञ्चार मन्त्री हुँदा ७० करोड घुस काण्डमा मुछिएका उनी मन्त्री पद नै गुमेका व्यक्ति हुन् ।

कुनै समय पत्रकारिता नै गरेका गोकुल बाँस्कोटाले २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट ५४ हजार ४ सय २७ भोट ल्याएर सांसद बनेका थिए ।

२०७६ साल फागुन ७ गते बाहिरिएको अडियोमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने नाममा विजय मिश्र नामका एक विचौलियासँग ७० करोड घुस मागेका थिए ।

त्यतिबेला सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिद गर्दा ७ अर्ब रुपैयाँ भ्रष्टाचार गरिएको बिषय संसदको सार्वजनिक लेखासमितिमा विज्ञले नै तथ्यसहित प्रस्तुत गरेका थिए ।

जवकी पत्रकार महासंघ काठमार्डौं शाखामा एक हजार भन्दा बढि सदस्य छन् ।

यो घटनाक्रमसँगै कतिपय वरिष्ठ पत्रकारहरुले समेत सदस्यता नविकरण नगरेको अवस्थामा पूर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य बाँस्कोटाले भने अझै किन सदस्यता नविकरण गरिरहेको छन् ? भन्ने प्रश्न समेत खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077