Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पठाओ सेवाप्रति किन पुर्वाग्रही बन्दैछ ट्राफिक प्रहरी ? २ लाख राइडरको रोजगारीमाथि धावा !

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलीदेखि पठाओ संचालनमा कडाइ गर्न  लागेको छ  ।

ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महाशाखाले पठाओ सेवा सञ्चालन गर्न नदिने संकेत देखाएको छ ।

ट्याक्सी चालक र पठाओका राइडरबीच विवाद चुलिन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या आएको महाशाखाको भनाई छ ।

पठाओले मोटरसाइकल र ट्याक्सी दुबै सेवा दिँदै आएको छ । ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले संचारमाध्यममा अब सडकमा पठाओ देखिएमा कारबाही हुने वताएका थिए  ।

तर, चौतर्फै बिरोध भएपछि पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएको मात्र उनले वताएका छन्।

सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेको भन्दै पठाओले  दोषीलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

यता दोशीलाई कारवाही गर्नु त परै जाओस ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाइएको छ ।

विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पठाओ र टुटल सेवा  बन्द भएको खण्डमा २ लाख राइडरको रोजगारी गुम्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077