Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बैशाख १ देखि एमाले पार्टी कार्यालय थापाथलीमा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ पार्टी कार्यालय भवनको निरीक्षण गरेका छन्।

अध्यक्ष ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यापारीको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुनेरनहुनेबारे निरीक्षण गरेका हुन्।

आगामी वैशाख १ देखि थापाथलीमा सर्ने गरि निरीक्षण गरिएको एमाले नेताहरुले जानकारी दिए ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए ।

यसअघि बल्खुमा रहेको पार्टी कार्यालय ०७२ सालमा गएको भूकम्पले भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077