Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रोकियो पठाओ सेवा, राईडरहरुको रोजीरोटी गुम्न सक्ने खतरा !

काठमाडौं । पठाओ नेपालको सेवा रोकिएको छ ।

प्राविधिक कारणले सेवा रोकिएको भन्दै पठाओले छिट्टै सेवा सुचारु हुने दाबी गरेको छ ।

मोटरसाइकल राइडरहरु हिड्ने बाटो रुटमा समस्या भएकाले सेवा भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए ।

पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको उनले दाबी गरे । ‘पठाओ फुड र ट्याक्सी सेवा सुरु भएको छ, मोटरसाइकल पनि बुधबार दिउँसोसम्म सेवामा आउने अपेक्षा छ,’ बस्न्यातले भने ।

मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणालीमा देखिएको समस्या अहिले अपडेट भइरहेको उनको भनाइ छ । अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताए ।

यसअघिव हिजो पठाओले राईडरहरुले आफूखुसी अफलाइन टिप गरेको भन्दै कम्पनीको लोगो अंकित कुनैपनि ड्रेस लगाउन प्रतिबन्ध लगाएको थियो। सेवा रोकिएपछि दैनिक पठाओ चलाएर जीवन गुजार्नेहरुलाई मर्का पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077