Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गृहसचिव न्यौपानेद्वारा तस्करी नियन्त्रण एवम् राजश्व वृद्धिमा सक्रियता बढाउन प्रहरीलाई निर्देशन

काठमाडौं। गृहसचिव महेश्वर न्यौपानेले तस्करी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षणका अवसरमा गृहसचिव न्यौपानेले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न र तस्करी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउन प्रहरीलाई निर्देशन दिएका हुन्।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी कर्मचारीहरुले आफ्नो आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए ।

गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारवाही प्रकृया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077