Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

प्रहरीको कुटपिटबाट घाइते भएका जेनजी अभियन्ता माजिद अस्पतालबाट डिस्चार्ज

प्रहरीको कुटपिटबाट घाइते भएका जेनजी अभियन्ता माजिद अस्पतालबाट डिस्चार्ज

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि त्रिवि  शिक्षण अस्पतालबाट डिस्चार्ज अन्सारी बुधबार डिस्चार्ज भएका हुन् । 

बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको विचल्ली भएको थियो ।

उनीहरूको अवस्था बुझ्न कीर्तिपुर पुगेको अन्सारीसहित तीनजना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएका थिए । 

अन्सारीले गत सोमबार सामाजिक सञ्जालमार्फत आफू असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको र त्यसबाट गम्भीर घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077