Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘संसदलाई पासो बनाउँदै सांसद बिजनेस विहीन बनाउन मिल्छ ?’

    ‘संसदलाई पासो बनाउँदै सांसद बिजनेस विहीन बनाउन मिल्छ ?’

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एकाध व्यक्तिले संसदलाई सिकार बनाएको टिप्पणी गरेका छन्।

    पछिल्लो समय संसदमा सांसदहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका नेता पौडेलले पार्टी र व्यक्तिको नाम नलिई यस्तो बताएका हुन्।



    बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् पौडेलले संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ? भनेर प्रश्न समेत गरेका छन्।



    ट्वीटरमा उनले कसैको गुट उपगुटको विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? भन्दै अर्को प्रश्न पनि गरेका छन्।

    उनले लेखेका छन्, ‘कसैको गुट उपगुटकाे विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ?’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार