Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना त्रास : सार्वजनिक स्थलमा भीडभाड नगर्न प्रशासनको चेतावनी

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थलमा भीडभाड नगर्न प्रशासनले चेतावनी दिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ।

‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो।

काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ।

ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो।

त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरूको व्यवस्था मिलाउन भनिएको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो।

त्यही परिपत्र अनुसार ललितपुरले अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077