Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिपक्षको धर्म भनेको ओली सरकारलाई विदा गर्नु हो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन ढिलाइ गर्दा ओली सरकारले निरन्तरता पाएको बताएका छन् ।

बिहीबार बिहान अध्यक्ष भट्टराईले प्रतिपक्षी दलले सत्तापक्षलाई निरन्तर खबरदारी गर्नु पर्ने भन्दै सामजिक सञ्जालमा ट्वीट गरेका छन्।

प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन्।

अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्दा प्रतिपक्षले धर्म ननिभाएको उल्लेख गरेका छन्।

https://twitter.com/brb1954/status/1374929870128488452

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077