Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओलीलाई स्पष्टीकरण बुझाउँदै नेपाल, रावल, पाण्डे र भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।

यसअघि गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्नेको थियो ।

अवैध केन्द्रीय कमिटीले जारी गरेको अबैध पत्र नम्मान्ने भन्दै आएका पार्टीका उपाध्यक्ष रावल अन्तत जवाफ पठाउने तयारीमा जुटेका छन्।

उक्त बैठकको निर्णयपछि महासचिव इश्वर पोखरेलले पत्र पठाएका थिए। पत्रमा चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र जवाफ पठाउन भनिएको थियो। 'सोही कारण नेताहरु जवाफ लेख्दै हुनुहुन्छ, भ्याएसम आज बेलुका नभए भोलि बिहान सम्म जवाफ पठाउनु हुन्छ', नेपाल निकट एक नेताले भने।

जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको तिनै नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077