Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओलीसँग झुकेनन् नेपाल, अध्यक्षलाई नै कारवाही गर्नुपर्ने भन्दै बुझाए जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् ।

आज नेपालले ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरण जवाफ दिएका हुन्।

जवाफमा नेता नेपालले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ ।’

यस्तो छ नेपालले ओलीलाई बुझाएको स्पष्टीकरण पत्र:

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077