Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई पदबाट नहटाएसम्म मुलुकले निकास नपाउने उपेन्द्र यादवको दाबी

बुटवल। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाएसम्म मुलुकले निकास नपाउने दाबी गरेका छन् ।

शुक्रबार बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले गत पुष पाँच गते गरेको निर्णयको विरुद्दमा उत्रिएका शक्तिहरू एक भएर सरकार हटाउन लाग्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा यादवले भने, 'ओली सरकारमा रहदासम्म प्रतिगमनको खतरा रहेको र संविधान बचाउनका निम्ति पनि प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्नु पर्छ'।

लोकतन्त्र र संविधान जोगाउनका लागि ओली सरकार हटाउनु नै अहिलेको निकास रहेको भन्दै उनले सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर लाग्नु पर्ने बताए ।

अहिलेको अबस्थामा कांग्रेस चुप बस्दा ओली सरकारको आयु लामो भएको यादवको भनाइ छ। 'अब पनि ढिलाइ गर्नु हुँदैन, कांग्रेससहितका शक्तिले छिटो निर्णय गर्नुपर्छु', उनले भने।

सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको भन्दै यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

‘राजबन्दीको रिहाई र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो,’ उनले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी हो, त्यसैले जसपा यो सरकारमा कुनै हालतमा जान्न ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077