Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनाका कारण कतारमा थप प्रतिबन्ध, नेपालीलाई सचेत रहन दूतावासको आग्रह

काठमाडौँ। कतारमा कोरोना भाइरसको दोस्रो लहर बढेसँगै कतारस्थित नेपाली दूतावासले नेपालीलाई सचेत रहन आग्रह गरेको छ।

कतारले ३३ बुँदे निर्देशन जारी गर्दै आजबाट लागू हुने गरी थप नयाँ कदम चालेको छ ।

निर्देशनमा सार्वजनिक पार्क, समुद्री किनारा, कर्निसलगायत सार्वजनिक स्थलहरू बन्द गरी त्यस प्रकारका स्थानहरूमा एकै परिवारका दुई जना भन्दा बढिलाई प्रवेश नदिइने जनाएको छ ।

व्यापारिक महलमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको भन्दै कतारले १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई महल तथा पार्कहरूमा जान बन्देज लगाएको छ ।

साथै यसअघि झैँ घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘एथराज एप’ मोवाइलमा अपलोड गर्न पनि निर्देश दिएको छ ।

त्यस्तै, सवारी साधनमा चालक बाहेक ३ जना भन्दा बढी यात्रुले यात्रा गर्न नपाइने निर्देशन दिँदै सवारी साधन वा पैदल बाहिर निस्किँदा मास्क अनिवार्य गरेको छ ।

यस्तै नेपाली दूतावासले पनि संक्रमण नियन्त्रणका लागि कतार सरकारले जारी गर्ने निर्देशनहरूको पूर्ण पालना गर्न र कोरोनाको सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न नेपाली समुदायमा आग्रह गरेको छ ।

कतारले जारी गरको ३३ बुँदे निर्देशन उल्लंघन गरेमा दण्ड जरिवाना तिर्नुपर्ने भन्दै दूतावासले सचेत र सतर्क रही निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077