Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा अज्ञात आक्रमणकारीको गोलीले पाँचको मृत्यु

एजेन्सी। पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

गिलगितका वरिष्ठ प्रहरी अधीकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए अनुसार अज्ञात बन्दुकधारी एक समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै यात्रु भ्यानमा गोली हानेको थियो । हमला भएको गाडीमा महिला र केटाकेटीहरू यात्रा गरिरहेका थिए ।

रिपोर्ट अनुसार यात्रुवाहक गाडी गिलगितबाट नल्टारबाला जाँदै थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ ।

उक्त क्षेत्रमा थप प्रहरी टोली पठाइएको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी गरिरहेको छ । प्रहरीले आक्रमण कसले र किन गरेको भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको बताएको छ ।

आक्रमणको कुनै समूह वा व्यक्तिले अहिलेसम्म जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077