Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुप्तचरमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।

विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको हो।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।

अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

यस्तो छ विभागको विज्ञापन

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077