Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

होलीमा मदिराको प्रचार नगर्न संचार माध्यमलाई प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ। प्रेस काउन्सिल नेपालले होलीमा मदिराको प्रचार-प्रसार नगर्न संचार माध्यमहरुलाई निर्देशन दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले आउदै गरेको होली अर्थात् फागू पुर्णिमामा विभिन्न संचार माध्यमहरुले मानिसहरुलाई उत्तेजक बनाउने खालको मदिरा रक्सीको बिज्ञापन गरेको भन्दै यस्तो नगर्न निर्देशन दिएको हो।

देशका मुख्यमुख पत्रिकाहरु कान्तिपुर, गोरखापत्र, राजधानी दैनिकलगायत अन्य थुप्रै र अनलाइनहरु अनलाइन खबरईकान्तिपुरले समेत पत्रकार आचारसंहिता बाहिर गई यस्ता भ्रम र गलत प्रचार गरेकोमा आपत्ति जनाउदै यस्तो नगर्न निर्देशन दिएको छ।

विज्ञप्तिमा भनिएको छ, जनस्वास्थ्यलाई प्रभाबिट पार्ने मदिरा, चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थहरुको प्रचार प्रसार गर्न पाइने छैन। काउन्सिलले आगामी दिनहरुमा यस्तै कार्य दोहोरिन गएमा कानून बमोजिम कडा कारवाही गरिने जनाएको छ।

काउन्सिलले जारी गरेको विज्ञप्ति यस्तो छ : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077