Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फेसबुकमार्फत् ठगी गर्ने चितवनका महतो पक्राउ

    फेसबुकमार्फत् ठगी गर्ने चितवनका महतो पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.1K
    SHARES

    चितवन । महानगरीय अपराध महाशाखाको समन्वयमा इलाका प्रहरी कार्यालय टाँडी चितवनले अनलाईनमार्फत् ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ निपनि चोक बस्ने २१ बर्षीय विनेश महतो रहेका छन्।



    बिहीबार दिउँसो अपराध महाशाखाको नेतृत्वमा टाँडीबाट खटिएको प्रहरीको टोलीले महतोलाई पक्राउ गरेको हो ।



    उनले सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा फसबुकमा अनधिकृत पहुँच पुर्‍याई मेसेन्जरबाट पिडितहरुलाई म्यासेज गरी बिभिन्न बहाना बनाई , झूक्याई ४७ हजार  मोवाइल बैकिङ्गबाट ट्रान्सफर गरी दिनु भनि ठगी गरेका थिए । उक्त ठगीपछि महाशाखामा उजुरी परेको थियो।

    पक्राउ परेका महतोलाई ठगी मुद्धामा आवश्यक थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार