Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज आर्मी क्लब र किर्गिस्तानबीचको फुटबल खेल निःशुल्क

काठमाडौँ। त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।

त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077