Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वायु प्रदुषणका कारण आज पनि विमानस्थल बिहानै देखि प्रभावित

काठमाडौं। वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि प्रभावित भएको  छ।

शुक्रबारदेखि बढ्दै गएको प्रदुषणका कारण बाक्लो तुवाँलो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको विमानस्थलले जनाएको छ।

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै रहेको छ।

आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077