Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भौतिक दूरी कायम गरी होली मनाउन सभापति देउवाको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077