Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोनाका कारण घर-घरमा होलीको रौनक

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

आज देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ। बढ्दै गएको कोरोना महामारीले गर्दा सरकारले सुरक्षित तरिकाले घरमै होली मनाउन आग्रह समेत गरेको छ।

यसैबीच, होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ ।

होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि  रोक्न काठमाडौं उपत्यकाका ९० ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाले जनाएको छ।

त्यस्तै, होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने समेत भएको छ ।

गतबर्षहरुमा जस्तो होलीको रौनक नभएपनि सर्वसाधारणहरुले घरमा बसेर होली मनाएको तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077