काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।
आइतवार सामाजिक सञ्जालमार्फत् उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको समेत बताउँदै त्यसका विरुद्द बोल्न आग्रह गरेका हुन्।
उनले अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै सबै यसको विरुद्धमा र लोकतन्त्रको पक्षमा बोल्नुपर्ने बताएका छन् ।
अध्यक्ष भट्टराईले पोष्ट गरेको भिडियोमा सेनाले गोली चलेको पनि स्पष्ट देख्न सकिन्छ।
उनको ट्वीट यस्तो छ, 'म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन ! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ ! (Stop Genocide in Myanmar! Down with Military Dictatorship!)'
https://twitter.com/brb1954/status/1375973754715533315