Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपत्यकाको ९० ठाउँमा चेक प्वाइन्ट, बेलुकी ९ बजेसम्म चेकिङ, अहिलेसम्म डेढ सय बढी कारबाहीमा

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

आज देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ। बढ्दै गएको कोरोना महामारीले गर्दा सरकारले सुरक्षित तरिकाले घरमै होली मनाउन आग्रह समेत गरेको छ।

यसैबीच, होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ ।

होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि  रोक्न र  हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ९० ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाले जनाएको छ।

 महाशाखाका अनुसार अहिलेसम्म डेढ सय सवारी साधन कारबाहीमा परिसकेको छन् भने  चेकिङ बेलुकी ९ बजेसम्म रहनेछ।

कागजात नबोकेका कारण कारबाहीमा पर्ने धेरै छन् मापासे गरी सवारी चलाउनेहरू थोरैमात्र भेटिएको श्यामकृष्ण एसपी अधिकारीले अनलाइन नेपाललाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077