Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी। जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077