Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंवासीको धाराबाट मेलम्चीको पानी खस्न थाल्यो

काठमाडौं । झण्डै तीन दशक देखिको आशाको विषय बनेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौंवासीको धारामा खस्न थालेको छ ।

आज बिहान ११ बजे सुन्दरीजलबाट मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएकोमा पानी अहिले २ बजेपछि जनताको घरमा पुगेको हो ।

आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बताए।

त्यस्तै श्रेष्ठका अनुसार बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।

अनामनगरलगायत महांकालका पाँच सय वटा भन्दा धेरै धारामा पानी खस्न थालिसकेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077