Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डा. सिके राउतविरुद्द फेरि पक्राउ पुर्जी

नवलपरासी । जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

रौतहट जिल्लाको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरि बस्ने सिके राउत भन्ने डाक्टर चन्द्रकान्त राउतको नाममा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो ।

राउत यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरि शान्तिपुर्ण राजनीतिमा आएका थिए ।

उनी विरुद्ध राज्य विरुद्धको संगठित अपराध कसुरमा मुद्दा तलाइएको छ ।

राउतविरुद्द यसअघि नै पक्राउ पुर्जीसहितको सुचना जारी भएपनि घरद्वारा पत्ता नलागेका कारण फेरी पक्राउ पूर्जी गरेको अदालतले सुचनामा उल्लेख गरेको छ ।

सुचनामा ३५ दिन भित्र हाजिर हुन आउन अदालतले आदेश दिएको छ ।

अदालतले राउतसँगै रामकुमार तामाङको नाममा पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077