Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होलीको रंगमा एसिड मिसाइएपछि...

काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाइएको पाइएको छ।

आइतबार शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा होलीको रंग छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक रहेका छन् । उनीहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ ।

प्रारम्भिक अनुसन्धानका लागि पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको एसएसपी सिंहले बताए।

यसअघि उनीहरुबीचमा सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए ।

सिंहका अनुसार चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका थिए तर सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड रहेछ । घटनापछि उक्त सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077