Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बर्दियामा फेरि बाघको आतंक, एक जना घाइते

बर्दिया। पछिल्लो समय बर्दियामा बाघको आतंक मौलाउँदै गएको छ।

आजपनि बाघको आक्रमणमा परि एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार घाइते हुनेमा जिल्लाको गेरुवा गाउँपालिका १ जनकनगरका २३ वर्षीय तुलाराम थारु रहेका छन्।

उनलाई आज बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला पाटेबाघले आक्रमण गरि घाइते बनाएको हो।

घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए।

घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ।

बर्दियामा पाटेबाघको आक्रमणमा परी अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077