Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन

    पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

    धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् ।



    सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् ।



    सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् ।

    दुई दिनअघि मात्र कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको मस्तिष्कघातका कारण मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार