Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

अर्घखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधवकुमार नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।

आज जिल्ला कार्यालय सन्धिखर्कमा बसेको बैठकले पार्टी सचिवालय सदस्य रामबहादुर चौहान, संविधानसभाका सदस्य डा दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।

एमालेका अर्घखाँची  अध्यक्ष चेतनारायण आचार्यले विज्ञप्ति जारी गर्दै निष्कासित भएकाहरुले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताएएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077