Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकासहित देशभरि फैलिएको तुवाँलो कहिले हट्छ ?

    उपत्यकासहित देशभरि फैलिएको तुवाँलो कहिले हट्छ ?

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ।  जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको आगामी तीन दिनको विवरण अनुसार बुधवारसम्म देशका पहाडी भूभागमा ‘आंशिकदेखि सामान्य बदली’ रहने देखाएको छ।

    विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार  पानी परे पनि धेरै पर्ने सम्भावना छैन छिटपुट मात्र पर्ने देखिन्छ। तत्काललाई हावाले उडाएर लगेमा मात्र प्रदूषण घट्ने हो, ठूलो वर्षाको सम्भावना छिट्टै देखिँदैन।



    उनका अनुसार मङ्गलवार अवस्थामा केही सुधार हुन सक्छ।



    चैत-वैशाख प्री-मनसुनको समय हुने भएकाले यसबेला ठूला वर्षाको सम्भावना त्यसै पनि नहुने मौसमविद्हरू बताउँछन्।

    यसपालिको प्री-मनसुनमा उल्लेख्य वर्षा हुने कुनै प्रणाली देखा परेकै छैन। प्री-मनुसनको सामान्य समयमा जस्तो शक्तिशाली पश्चिमा वायुको प्रभाव भएको भए यो प्रदूषण हटेर जाने सम्भावना उच्च हुन्थ्यो, मानन्धर थप्छिन्।

    त्यसैले तत्काल समस्या कम हुने सम्भावना समेत एकदमै कम छ।

    केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो । शुक्रबार देखि आइतबारसम्म उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार