Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले गरे नेपाल र रावलमाथि कारवाही, पार्टी सदस्यबाट ६ महिना निलम्बन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेका छन् ।

आज उनीहरू पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको भन्दै अध्यक्ष ओलीले पत्र पठाएका छन्।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।

पत्रमा नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

यता पार्टीको कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेर छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077