Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले गोल गर्दा उठे प्रधानमन्त्री ओली

काठमाडौँ। दशरथ रंगशालामा जारी थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशविरुद्द सुरुवाती अग्रता लिएको छ ।

जर्सी नम्बर २४ का संजोग राईले १८ औं मिनेटमा बंगलादेशविरुद्ध गोल गरेका हुन् ।

राईले गोल गर्ने वित्तकै फाइनल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर ताली बजाउँदै खेलाडीहरुलाई हौसल्ला दिएका छन् ।

खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु, कलाकारहरु रंगशालामा रहेका छन्।

लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077