Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३८ लाख घुस दिएको आरोपमा खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतलाई घुस दिएकाे आराेपमा उमानाथ खतिवडाविरुद्ध  विशेष अदालत काठमाडौंमा साेमबार मुद्दा दायर गरेको छ ।

इन्जिनियर बस्नेतमार्फत झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि बैंकको खातामा पटक-पटक गरी सैतीस लाख पचास हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आराेपमा उनीविरुद्ध  अदालतमा मुद्दा दायर भएको हाे ।

राष्ट्रसेवक कर्मचारीलाई घुस दिने उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको दण्डनीय भएकाे हुँदा सजायकाे माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालतमा, मुद्दा दायरकाे गरेकाे आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077